१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा बलात्कारका घटना बढ्दो, झण्डै चार वर्षको अवधिमा १६७ वटा मुद्दा




ललितपुर खबर, २५ असार ०७८, ललितपुर । ललितपुरमा पछिल्लो समय बलात्कारका घटना बढ्दै गएको पाइएको छ । ललितपुर जिल्ला अदालतको तथ्यांक अनुसार २०७५ साल भदौ १ गतेबाट देवानी संहिता लागू भएपछि हालसम्म ललितपुर जिल्ला अदालतमा जबरजस्ती करणीका १६७ वटा मुद्दा परेका छन् ।

गत आर्थिक वर्ष २०७६/७७ मा जबरजस्ती करणीका ६६ वटा मुद्दा दर्ता भएका थिए । त्यसमध्ये ५० वटा मुद्दाको फैसला भएको छ ।
चालु आर्थिक वर्ष २०७७/७८ को असार २४ गतेसम्म जबरजस्ती करणीका ६९ वटा मुद्दा दर्ता भएका छन् । यसमा २० वटा मुद्दाको फैसला भएको छ भने ३९ वटा मुद्दा विचाराधीन छन् ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  २ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।