१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दृढ इच्छाशक्तिकी धनी स्व.इन्द्रकलाप्रति श्रद्धाञ्जली   



२७ असार ०७८,ललितपुर । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) स्थायी समिति सदस्य पम्फा भुसालले ‘इन्द्र–गोविन्द स्मृति’ कोष स्थापना गर्ने घोषणा गरेकी छन् । आफ्नी माता इन्द्रकला र पिता गोविन्दको स्मरणमा सो कोष स्थापना गरेर ललितपुरस्थित महेन्द्र आदर्श माध्यमिक विद्यालयमा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई कोषबाट छात्रवृत्ति प्रदान गरिने व्यवस्था मिलाइएको उनले बताइन् ।

नेत्री भुसालकी माता इन्द्रकलाको स्वर्गारोहणको सातौँ दिन आज आफ्नै निवास ललितपुरमा भएको श्रद्धाञ्जलीसभामा उनले आमाबाको सम्झनामा अक्षयकोष स्थापना भएको जानकारी दिइन् । यसअघि दिवङ्गत बुबाको नाममा भुसाल परिवारले १३ वर्षअघि अर्घाखाँचीको जनता माविमा पनि यस्तै सहयोगी कोष स्थापना गरी सञ्चालनमा ल्याएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माता इन्द्रकलाको स्मरण गर्दै राजनीतिक उत्प्रेरक व्यक्तित्वका रूपमा सम्झँदै भनिन्, ‘दृढ इच्छा शक्तिकी धनी आमा स्वतन्त्रता पक्षपाती हुनुहुन्थ्यो ।’  अध्यक्ष प्रचण्डले मृत्यु हुँदा दुःखी हुने र जन्मदा खुशी हुने मानवीय स्वाभाव भएको उल्लेख गर्दै कम्युनिष्टहरूले जेष्ठ नागरिकलाई सम्मान र सुरक्षा दिने बताइन् ।

नेत्री भुसालले सामन्ती पितृसत्तामा जन्मेर आफ्नी आमाले सामाजिक तथा राजनीतिक दुःख भोग्नुभएको तर आफूहरूलाई राजनीति र विद्रोहमा नलाग भनेर कहिल्यै नभनेको उल्लेख गर्दै आमा राजनीतिक, भौतिक, आर्थिक एवं मनोवैज्ञनिक आफ्नो प्रेरणाको स्रोत बताइन्।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ७ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।