२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आफू प्रधानमन्त्री हुने भएपछि काँग्रेस सभापतिले गरे सवोच्चको फैसलाको स्वागत



 फाइल तस्विर

२८ असार ०७८, काठमाडौं । आफू प्रधानमन्त्री बन्ने निश्चित भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले कांग्रेसलगायत पाँच दलले दर्ता गरेको रिट निवेदनउपर गरेको फैसलाको स्वागत गरेका छन् । सभापति देउवाले आज विज्ञप्तिमार्फत यो फैसलाले लिकबाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको उल्लेख गर्दै स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताएका छन् ।
सभापति देउवाले लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढङ्गले आन्दोलनमा सरिक राजनीतिक दल, कानून व्यवसायी, भ्रातृ र शुभेच्छुक संस्था, नागरिक आन्दोलन र सजग सञ्चारमाध्यम एवं स्वदेश र विदेशमा रहेका सबै नेपालीमा बधाई ज्ञापन गरेका छन् । देश र जनताका हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको उल्लेख गर्दै देउवाले कसैले पनि यसलाई व्यक्तिगत जीतहारका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते गरेको प्रतिनिधिसभा विघटनविरुद्धका विभिन्न निवेदनउपर सुनुवाइ गर्दै सर्वोच्चले आज प्रतिनिधिसभा विघटन संविधानको मूल्य, मान्यता अनुकूल नभएको भन्दै पुनस्र्थापना गर्ने फैसला गरेको छ ।

 

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ७ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।