३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


२ हजार ९ सय ३६ संक्रमित थपिए, ४३ जनाको मृत्यु



१ साउन ०७८, काठमाडौं । नेपालमा थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १ सय ८२ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

शुक्रबार देशभर ४३ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६ पुगेको छ।
देशभर हालसम्म २६ हजार ८२७ जना सक्रिय संक्रमित छन् भने शुक्रबार १ हजार ७ सय ७५ संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ५ : ०३ बजे