३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभर १ हजार ८७५ जनामा कोरोना सङ्क्रमण पुष्टि




२ साउन ०७८, काठमाडौ । पछिल्लो २४ घण्टामा थप एक हजार ८७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ६६ जनामा कोरोना परीक्षण गरिएको थियो । सोही अवधिमा २ हजार १६४ जना सङ्क्रमण मुक्त भएका छन् ।
हालसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ६५ हजार ८८६ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४८ हजार ३६२ सङ्क्रमण पुष्टि भएको छ । यस्तै हालसम्म सङ्क्रमितमध्ये ६ लाख ३० हजार ४०७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २१ को मृत्यु भएसँगै हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको कूल सङ्ख्या ९ हजार ५२७ पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ५ : ३६ बजे