१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोनाको जोखिम कायमै, २४४५ कोरोना संक्रमित थपिए, ३२ जनाको मृत्यु



४ साउन ०७८, काठमाडौं । नेपालमा थप २ हजार ४ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३३ पीसीआर परीक्षणबाट १ हजार ६४२ जनामा र ३ हजार ८३१ एन्टिजेन परीक्षणबाट ८०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ५८२ पुगेको छ। गत २४ घण्टामा १ हजार २५८ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ८३७ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ६ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।