१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै




८ साउन ०७८, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको विबास बुढानिलकण्ठमा बस्ने भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको बैठकमा क्रियाशील सदस्यता छानविन समितिले गरेको कामका बारेमा जानकारी लिनुका साथै पार्टीको आगामी १४औँ महाधिवेशनका बारेमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठक अहिले बिहान ९ः०० बजे बस्नेछ । कांग्रेसले यसअघि नै आगामी भदौ १६ देखि भदौ १९ गतेसम्म पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि यही साउन १२ गतेदेखि वडा तहको निर्वाचन गर्ने मिति तय गरेको छ । पार्टी सरकारमा सहभागी भएका कारण र क्रियाशील सदस्यता समयमा नटुङ्गिएका कारण निर्वाचनको मिति हेरफेर हुने बुझिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ९ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।