६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा १११३ जना सक्रिय संक्रमित



९ साउन ०७८, ललितपुर । काठमाडौं उपत्यकामा थप ६१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६१५ जनामा संक्रमण भएको हो।

जसमध्ये काठमाडौंका ४२१, भक्तपुरका ८६ जना र ललितपुरका १०८ जना छन्।

योसँगै शुक्रबारसम्म काठमाडौं उपत्यकामा ७ हजार ६१९ सक्रिय कोरोना संक्रमित छन्। काठमाडौंमा मात्रै ५५७४, भक्तपुरमा ९३२ जना र ललितपुरमा १११३ जना सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ६ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।