१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जोशीले गरे स्यस्यः समाजको घरबाटै जग पूजा




१० साउन ०७८, ललितपुर । वांगमय शताब्दी पुरुष डा सत्यमोहन जोशीले स्यस्यः समाज यलको ललितपुर महानगर १६ मा निर्माण हुने भवनको शिलान्यास गरेका छन् ।
कार्यक्रममा सत्यमोहन जोशीबाट वर्तमान कोरोना माहामारीका काराण उनकै स्वनिवासबाटै संकल्प पूजा गरेका हुन् । शनिबार बिहान ८ः४२ को शुभ साइतमा जग साइत पूजा र त्यस पछिको औपचारिक कार्यक्रममा समाजका अध्यक्ष ई सुरेन्द्र गोविन्द जोशीबाट स्वागत मन्तव्य व्यक्त गरेका थिए । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनबाट शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रदेश सभाका माननीय सांसदद्वय ज्ञानेन्द्र शाक्य र शोभा शाक्य, उप मेयर गीता सत्याल, वडा अध्यक्षद्वय निर्मल रत्न शाक्य र बिनोद ताम्राकार, सल्लाहकार गोपाल मान श्रेष्ठ र अजर मान जोशी, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज न्याछृयों लगायत विभिन्न जातीय समाज र संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ९ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।