६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा साउन २० सम्म थपियो निषेधाज्ञा, के गर्न पाइन्छ, के पाइदैँन ?



१० साउन ०७८, काठमाडौँ । काठमाडौं उपत्यकामा साउन २० गतेसम्म निषेधाज्ञा थपिएको छ । आइतबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले २० साउनसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेध आदेशअनुसार निषेधाज्ञाको अवधिमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी गर्न पाइने छैन । यस्तै चलचित्र हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्विमिङ पुल, सङ्ग्रहालय र दर्शकसहितका खेलकुदका गतिविधि गर्न पाइने छैन ।

यस्तै पुजारीबाट हुने नित्य पूजाबाहेक मन्दिरहरू बन्द रहने छन् । बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म ढुवानीका साधन चलाउन पाइने छैन ।

भौतिक उपस्थितिमा शैक्षिक संस्था सञ्चालन गर्न पाइने छैन तर एउटा कोठामा बढीमा २५ जना राखेर स्वास्थ्यका मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । साथै भौतिक रूपमा गर्नै पर्ने गोष्ठी, सेमिनार तथा तालिममा पनि २५ जनाभन्दा धेरै सहभागी गराउन पाइने छैन ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ५ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।