११ साउन ०७८, काठमाडौं । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण दर बढ्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिनयता कोरोना भाइरस सङ्क्रमण दर बढ्दो क्रममा रहेको पाइएको जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ४२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या आइतबारभन्दा एक हजार १८४ ले बढी हो । आइतबार मुलुकभर दुई हजार २३७ सङ्क्रमित देखिएका थिए ।
सोमबार १७ हजार २७२ जनाको नमूना परीक्षण गर्दा तीन हजार ४२१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै मुलुकमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ३८ हजार ९१८ पुगेको छ । नेपालमा कोरोना भाइरस सङ्क्रमण दर १९.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया