१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लुम्बिनीमा शेरचन र गण्डकीमा गुरूङ प्रदेश प्रमुखमा सिफारिस



१२ साउन ०७८, काठमाडौँ । सरकारले अघिल्लो सरकारले नियुक्त गरेका दुईवटा प्रदेशका प्रमुखलाई हटाएर नयाँ नियुक्त गरेको छ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान सिंह गुरुङलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

माओवादी पृष्ठभूमीका शेरचन अघिल्लोपटक गण्डकीका प्रदेशको प्रमुख थिए। गुरुङ भने चितवनका पुराना कांग्रेस नेता हुन्। सरकारले ओली नेतृत्वको सरकारले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव र गण्डकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएको हो।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ६ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।