१४ असार ०७८, काठमाडौं । नेपालमा थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षण गर्दा २ हजार ३३५ जना र ४ हजार ६८७ एन्टिजेन परीक्षण गर्दा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै गत २४ घण्टामा देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ।
देशभर हालसम्म ३० हजार ३९० जना सक्रिय संक्रमित छन्। बिहीबार १ हजार ३७३ संक्रमणमुक्त भएका छन्।
प्रतिक्रिया