३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


राजधानी जोड्ने भैँसे–भीमफेदी सडक अवरुद्ध



फाइल तस्विर

१८ साउन ०७८, काठमाडौं । काठमाडौं तराई जाने वैकल्पिक सडक भँसे भीमफेदी सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । यस सडकको धोर्सिङमा गएराती ठूलो पहिरोकारण आज सोमबार बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको हो ।
भीमफेदी गाउँपालिका ६ धोर्सिङलगायत अन्य पाँच स्थानमा ठूलो सानो पहिरो गएका कारणले भीमफेदी कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सुमो जिपलगायत अन्य हल्का सवारी पनि भँैसेदेखि पान्द्राङसम्म लाइनबद्ध भएर प्रतीक्षामा रहेका इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिएक छन् ।
उनले धोर्सिङलगायत अन्य स्थानमा दुई स्काभेटरले पहिरो पन्छाउने कार्य गरिरहेका र पहिरो पन्छाउन अझै तीन÷चार घण्टा लाग्ने भएकाले काठमाडौँ जाने यात्रुलाई निकै कष्ट भोग्नुपर्ने बाध्यता भएको बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ८ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।