४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


अनुमती नलिई उपचार गर्ने भारतीय चावहीलबाट पक्राउ




१८ साउन ०७८, काठमाडौं । ईजाजतपत्र बिना बिरामीको उपचारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका ७ बस्ने भारत घर भएका ३१ वर्षीय सौरभ कुमारलाई काठमाडौं चावहिलस्थित हेल्दी स्माइल ओमकार डेण्टल प्रालिबाट शनिबार प्रहरीले पक्राउ गरेको छ ।
साथै उपचारका लागि सहजीकरण गर्ने काठमाडौं चाबहिल बस्ने महोत्तरी पिपरा गाउँपालिका ३ घर भएका ४० वर्षीय डा.रावेत रञ्जन कुमार ठाकुर र दोलखा बैतेश्वर गाउँपालिका ६ घर भएका यस प्रालिका संचालक ४६ वर्षीय राधा कृष्ण तामाङ समेतलाई प्रहरीले पक्राउ गरेको छ ।
इस प्रालिमा चिकित्सा सम्बन्धी पेशा गर्ने कानून बमोजिम अधिकार प्राप्त अधिकारीबाट ईजाजत पत्र प्राप्त नगरेका भारतीय नागरीकले चिकित्सकको रुपमा काम गरी बिरामीहरुको चेक जाँच तथा सर्जरी समेतका उपचार कार्यमा संलग्न रहेको भन्ने बुझिएपश्चात प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज र नेपाल मेडिकल काउन्सिल समेतबाट खटिएको टोलीले सौरभलाई ईजाजतपत्र विना दाँत सम्बन्धी बिरामीको उपचार गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको ईलाज सम्बन्धी कसूर तथा अन्य प्रचलित कानून बमोजिम कारवाही गर्न आवश्यक अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।

 

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ८ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।