४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एकैदिन थपिए ४१०७ जना कोरोना संक्रमित



२० साउन ०७८, काठमाडौं । नेपालमा बुधबार थप ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ३५४ पीसीआर परीक्षण गर्दा २ हजार ९७५ जना र ४ हजार ९४४ एन्टिजेन परीक्षण गर्दा १ हजार १३२ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा देशभर ३५ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ९५७ पुगेको छ। देशभर हालसम्म ३३ हजार ४६४ सक्रिय संक्रमित छन्। बुधबार १ हजार ५३५ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ५ : ४२ बजे