१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा ९ सय १० सहित नेपालमा थप ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण



२३ साउन ०७८, काठमाडौं । नेपालमा थप ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै गत २४ घण्टामा देशभर १९ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ।

देशभर हालसम्म ३५ हजार ४३२ सक्रिय संक्रमित छन्। शनिबार १ हजार ७२२ जना संक्रमणमुक्त भएका छन्।

यस्तै गत २४ घन्टामा ८ हजार ८ सय ६६ पीसीआर तथा ४ हजार ७ सय ७ एन्टिजेन परीक्षण भएको छ। उपत्यकामा थप ९ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना संक्रमित थपिएका हुन्।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ५ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।