१९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चाबहिलमा श्रीमानले गरे गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या



प्रतिकात्मक तस्बिर

२८ साउन ०७८, काठमाडौं । काठमाडौंको चाबहिलमा श्रीमानले गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन। मकवानपुरको हेटौंडा घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षीया श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख केशव भट्टराईले जनाकारी दिए। रञ्जना ६ महिनाकी गभर्वती रहेकाे प्रहरीले जनाएको छ।

हत्यापछि उनी आफैंले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेर आफूले श्रीमतीको हत्या गरेको जानकारी दिएका थिए।  श्रीमतीसँग बिवाद हुँदा आफूले घाँटी थिचेर हत्या गरेको उनले बयान दिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ३ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।