६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको चाँगाथलीबाट आगोले जलाएको आरोपमा १६ वर्षपछि एक पुरुष पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

२८ साउन ०७८,काठमाडौं । ज्यान सम्बन्धी कसूरका फरार अभियुक्त ललितपुर महालक्ष्मी नगरपालिका ७
चाँङ्गाथली बस्ने रामेछाप खाँडादेबी गाउँपालिका ६ खत्री गाउँ घर भएका ४६ वर्षीय शिवजी खत्री भन्ने ग बहादुर खत्रीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
२०६२ पुस ६ गते साँझ काठमाडौं महानगरपालिका १४ कलंकी, लामपाटी बस्ने भगवती लामा (अधिकारी) आफ्नै डेरा कोठामा आगोले जलेर घाइते भएको अवस्थामा फेला पारी वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको घटनामा संलग्न ग बहादुरलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले ललितपुर चाँङ्लाथलीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त कालिमाटी पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ७ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।