६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा थप एक हजार ८९ जनामा कोरोना संक्रमण




२९ साउन ०७८,काठमाडौँ । काठमाडौं उपत्यकामा थप एक हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप एक हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

काठमाडौंमा ७९९ जनामा, ललितपुरमा १२८ र भक्तपुरमा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै काठमाडौं उपत्यकामा अहिले ११ हजार ५९६ जना सक्रिय संक्रमित छन्। काठमाडौंमा आठ हजार ४०७, ललितपुरमा एक हजार ८२७ र भक्तपुरमा एक हजार ३६२ जना सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ६ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।