६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जात्रा रोकिएपछि पाटनका स्थानीय आक्रोसित,हस्ताक्षर संकलन



 

ललितपुर खबर
३० साउन ०७८, मंगलबजार । पाटनमा युवाहरु ‘हाम्रो जात्रा खोई’ भन्दै हस्ताक्षर जुटेका छन् । कोरोना संक्रमण र यसपछि निरन्तरको निषेधाज्ञापछि सरकारले जात्रा मनाउन राेक लगाएपछि युवाहरु आक्रोसित भएका हुन् ।
सरकारले जुलुस र आमसभा,ठुला हल पार्टी प्यालेसमा कार्यक्रम,फुटपाथमा भीडभाड  हुदा  पनि नराेकेका ।  भीड गरेर उद्घाटन  अादी  कार्यत्रःम गरेकाे  तर जात्रा गर्न मात्र रोकेको भन्दै पाटनका युवाहरु आक्रोसित भएका हुन् ।
पाटन दरवार परिसरमा रहेको भिमसेन मन्दिर अगाडि शुक्रबारबाट स्थानीय युवाहरुले हस्ताक्षर संकलन सुरु गरेका हुन् ।


स्थानीय विवेककृष्ण श्रेष्ठले संकलित हस्ताक्षर प्रशासनलाई बुझाउने कार्यक्रम रहेको ललितपुर खबरलाई बताए ।
पाटनमा जात्राको सिजन सुरु भएपछि  युवा जात्रा सुरु गर्न दवाव दिन हस्ताक्षर सुरु गरेको बताउछन् । उनी भन्छन्,‘यसरी नै जात्रा छोड्दै जो हो भने अव जात्रा नगर्दा पनि हुने रहेछ भन्ने जमात बढ्ने खतरा छ ।’
स्थानीय युवा श्रेष्ठ, लामो समयसम्म जा त्रा रोकिदा बुढापाकाहरुको मृत्यु हुने र जात्रा र परम्परा सिकाउनेहरु नहुँदा जात्रा नै लोप हुने खतरा रहेको बताउछन् , उनी भन्छन ।


०७२ सालमा गएको भुकम्पपछि टोलभर घरमा टेको लगाइएको कारण दुघटना हुनसक्ने भन्दै जात्राको क्रममा टोल परिक्रममा नगर्न अनुरोध गरिएको थियो ।
भक्तपुरबाट आएर जात्रा सुरु गर्नु पर्छ भन्दै अभियान सुरु गरेका निरज बाडे सरकारको जात्रा मात्रै रोक्ने नियत रहेको बताउछन् । भन्छन्, अरु भीडभाड जन्य क्रियाकलाप रोकिएका छैनन् जात्रा मात्र रोकिएको छ ।
आफूहरुसँग २ वर्ष लामो कोरोना माहामारीको रहेको र सबैले मास्क लगाउन , सेनिटाइजर लगाउन थालेपछि जोखिम कम रहेको तर्क गर्छन् । उनी पछिल्लो समय काठमाडौं उपत्यकामा खोप लगाउने जमात समेत बढेकाले आवश्यक संख्या भेला भएर मापदण्ड पालना गरेर जात्रा मनाउदा फरक नपर्ने बताउछन् । भन्छन्, ‘सरकारले जात्रामा भेला हुनेलाई कोरोना खोप लगाएर पनि त जात्रा गराउन सक्छ नि खै यो विषयमा सोचेको ?’
मापदण्ड पालनासँगै धेरै स्वयमसेवक र सुरक्षाकर्मी परिचालन गरेर जात्रा गर्न सम्भव हुने युवाहरु बताउछन् । उनीहरुका अनुसार सामाजिक संघ संस्थाहरुले पर्याप्त मास्क, पिपिई, सेनिटाइजर व्यवस्था गरेर आवश्यक जनशक्ति परिचालन गर्ने हो भने टोलटोलमा जात्रा गर्न अप्ठ्यारो नरहेको भनाई राख्छन् ।
पाटनका एक युवा नाम नबताउने शर्तमा भन्छन्, ‘मंगलबजार र लगनखेलको फुटपाथमा विहानदेखि रातीसम्म जात्राभन्दा भीड हुन्छ ।’‘ जुलुस,नाराबाजी रोकीदैन । हाम्रो रितिरिवाज परम्परा रोकिन्छ । किन ?’उनी प्रश्न गर्छन् ।
पछिल्लो समय काठमाडौं र भक्तपुरमा स्थानीय दवावपछि जात्रा नरोकिएको उनी बताउछन् । भनछन्, भक्तपुरको विस्का जात्रा रोकिएन, काठमाडौंको सेतो मच्छिन्द्रजात्रा रोकिएन । हाम्रो मात्र जात्रा किन रोकिन्छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ९ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।