४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा ७९५ सहित नेपालमा थप दुई हजार ६२४ जनामा कोरोना संक्रमण



३० साउन ०७८, काठमाडौं । नेपालमा शनिबार थप दुई हजार ६२४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको १३ हजार ५७३ परीक्षणमा सो सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म गरिएको पिसीआर परीक्षणमा सङ्क्रमितको सङ्ख्या सात लाख ३० हजार ४७९ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ६४ हजार ६११ रहेको छ । आज एक हजार ३३० जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म छ लाख ८० हजार ८१५ सङ्क्रमण मुक्त भएका छन् ।

हाल ३६ हजार दुई जना होम आइसोलेशन, दुई हजार ४०३ जना संस्थागत आइसोलेशन छन् । त्यसैगरी ७६० जना आइसियू र १८६ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ४०५ जना छ ।

थप २० को मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार २५९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २० जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।

उपत्यकामा ७९५ बढी सङ्क्रमित

काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै काठमाडौँमा ५३५, ललितपुरमा १६४, भक्तपुरमा ९६ मा सङ्क्रमण पुष्टि भएको छ ।

 

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ६ : ५९ बजे