४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालमा थप ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि




३२ साउन ०७८, काठमाडौं । नेपालमा थप तीन हजार चार सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९३ जनाको पीसीआर र पाँच हजार पाँच सय १८ जनाको एन्टिजेन गरी १५ हजार ६ सय ११ जनाको नमुना परीक्षण गर्दा तीन हजार चार सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

२४ घण्टामा परीक्षण गरिएकामध्ये २२ प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हो । सोमबार थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख १० हजार आठ सय ५३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार चार सय ५८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८५ हजार एक सय ४० पुगेको छ ।

सोमबार कोरोना सङ्क्रमणका कारण ३५ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार तीन सय २७ जना पुगेको छ ।

नेपालमा हाल ३९ हजार तीन सय ७१ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय ९५ जनाको आईसीयू र एक सय ९७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ५ : १९ बजे