१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बोडेको द्यो प्याखँ प्रदर्शन नहुने



५ भदौं ०७८, मध्यपुर । मध्यपुर थिमि वडा नं ८ र ९ बोडेमा गाईजात्राको भोलिपल्टदेखि सुरु हुने धार्मिक एवं ऐतिहासिक महत्व बोकेको द्यो प्याखँ (निलबाराही गणनाच) यसवर्ष भने प्रदर्शन नहुने भएको छ। कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण यसवर्ष द्यो प्याखँ प्रदर्शन नहुने ८ नं वडा कार्यालयले जानकारी दिएको हो।

वडाका प्रमुख प्रशासकीय प्रमुख रवीन्द्र श्रेष्ठले एक सूचना जारी गर्दै भीडभाड नहुने गरी विधि मात्र पुर्‍याई द्यो प्याखँ सम्पन्न गर्ने जानकारी दिए। सूचनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण तीव्ररुपमा बढिरहेको कारणले द्यो प्याखँ प्रदर्शन नगर्ने र कुनै पनि पूजाआजा नगर्ने नगराउने उल्लेख गरिएको छ।  भक्तपुरका चार स्थानीय तहमध्ये मध्यपुर थिमि नगरपालिका सबैभन्दा धेरै कोरोना प्रभावित स्थानीय तह हो।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ४ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।