२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थपिए २ हजार ७५ कोरोना संक्रमित, ३० जनाको मृत्यु



५ भदौ ०७८, काठमाडौं ।  नेपालमा थप दुई हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७५ नमूना परीक्षण गर्दा दुई हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो।
तीमध्ये एक हजार ४२४ जना पीसीआर र ६५१ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएका हुन्। पछिल्लो २४ घण्टामा सात हजार ७०३ पीसीआर र पाँच हजार ३७२ जनाको एन्टिजेन परीक्षण भएका थिए।
शनिबार कोरोना संक्रमणका कारण २६ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजार ३८२ जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५ पुगेको छ।

 

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ५ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।