१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस केन्द्रीय कार्यालयमा पौडेल पक्षका जिल्ला सभापतिहरु धर्नामा




८ भदौं ०७८, काठमाडौं । नेपाली कांग्रेस क्रियाशील सदस्यताको सूची प्रकाशित गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले धर्ना सुरु गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु भएको छ। त्रुटि कमजोरीमाथि पार्टीको विधिविधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानबिन गरेर मात्रै अन्तिम रुप दिनुपर्ने उनीहरुको माग छ।

क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै धर्ना निरन्तर रहने उनीहरुले बताएका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १२ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।