४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा ६८९ सहित नेपालमा थप दुई हजार ५२५ जनामा कोरोना संक्रमण



८ भदौं ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा ६८९ सहित नेपालमा थप दुई हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ८१० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ५२५ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार नौ हजार ९०९ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार २० र चार हजार ९०१ जनाको एन्टीजेन परीक्षण गर्दा ५०५ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर दुई हजार ८६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु भएको छ। देशभर ३८ हजार २५० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३५ हजार १४५ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा ३ हजार १०५ भने ६२० जना आइसियुमा र १७० जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर ३९५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा ६८९ जनालाई संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा ५१८, भक्तपुरमा ५२ र ललितपुरमा ११९ जना संक्रमित थपिएका हुन्। त्यसैगरी हाल काठमाडौं उपत्यकामा १० हजार ५ सय ५८ सक्रिय संक्रमित छन्। काठमाडौंमा ६८८३, भक्तपुरमा १४१६ र ललितपुरमा २२५९ सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ५ : ४३ बजे