१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौंमा रहेका मुख्यमन्त्री राई राजीनामा दिन विराटनगर पुग्दै




१० भदौ ०७८,काठमाडौं । नेकपा एमालेबाट माधवकुमार नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) गठन गरेको भोलिपल्ट प्रदेश १ मुख्यमन्त्री शेरधन राईले राजिनामा दिने भएका छन् । उनको राजीनामा लगत्तै एमालेका प्रदेश सांसद भीम आचार्यलाई मुख्यमन्त्रीको प्रस्ताव गरिने भएको छ ।
मुख्यमन्त्री निकट स्रोतका अनुसार आचार्यलाई नेतृत्व हस्तान्तरण गर्न हाल काठमाडौंमा रहेका मुख्यमन्त्री राई ९ बजे बुद्ध एअरको फ्लाईटवाट विराटनगर जाँदैछन । विराटनगर ओर्ले लगत्तै एमाले संसदीय दलको बैठकमा राईले राजीनामा दिने निर्णय सुनाउँदै आचार्यलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्नेछन् । सो प्रस्ताव अनुमोदन भए लगत्तै सम्भवतः आज नै आचार्यलाई मुख्यमन्त्रीको रुपमा प्रदेश प्रमुखले नियुक्त गर्नेछन् ।
विगतमा नेपाल–झलनाथ खनाल समूहमा रहेका आचार्य नेकपा एमालेको मुलधारमा रहे पछि पार्टीको आन्तरिक जीवन बचाउन बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई प्रदेश मुख्यमन्त्री बनाएको शैलीमा आचार्यलाई पनि मुख्यमन्त्री हस्तान्तरण गर्न खोजिएको हो । यो हस्तान्तरणसँगै प्रदेश १ मा एमाले विभाजनको सम्भावना टर्ने एमाले नेताहरुले जनाएका छन ।
हिजो साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यको जन्मदिन मनाउन बालकोट पुगेको बेला नै अध्यक्ष ओलीको निर्देशनमा राई मुख्यमन्त्रीबाट राजीनामा दिन मञ्जुर भएका हुन् । विराटनगरमा मुख्यमन्त्री राईले राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दा भने च्यासलमा एमाले केन्द्रीय कमिटी जारी रहनेछ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ९ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।