५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी नगरपालिकाको बेरुजु जिल्लामै धेरै



११ भदौं ०७८, ललितपुर । महालेखा परिक्षक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गोदावरी नगरपालिकामा जिल्लाकै धेरैबेरुजु रहेको पाइएको छ । महालेखाले सार्वजनिक गरेकोे ५८ औं वार्षिक प्रतिवेदन अनुसार गोदावारीमा १० दशमलव २६ प्रतिशत रहेको छ ।
जिल्लामै थोरै वेरुजु भने महालक्ष्मी नगरपालिकाको छ । यस नगरको बेरुजु २ दशमलव ३४ प्रतिशत रहेको छ ।


त्यसपछि ललितपुर महानगरपालिकामा ७ दशमलव २२, बागमती गाउँपालिकामा ७ दशमलव १७, महांकाल गाउँपालिकामा ३ दशमलव ६ र कोन्ज्योसोम गाउँपालिकामा २ दशमलव ६३ प्रतिशत रहेको छ ।
नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले आफूहरुलेपारदर्शितामा ध्यान दिएकाले बेरुजु कम भएको प्रतिक्रिया दिए । ‘मैले निर्वाचनका सार्वजनिक गरेको घोषणा पत्रमै खर्च पारदर्शितालाई विशेष ध्यान प्राथमिकता दिएको थिएँ,’ उनले भने, ‘आशा छ, अबका दिनमा शून्यमा झार्ने प्रयत्न हुनेछ ।’
आर्थिक प्रशासनलाई चुस्त राख्ने, वेबसाइटमा नियमित सार्वजनिक गर्नेलगायतका कामलाई विशेष ध्यान दिइएको नगर प्रमुख श्रेष्ठ बताउछन् ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ७ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।