४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना संक्रमण घटेर शनिबार आइपुग्यो १ हजार ८ सय ५७



१२ भदौं ०७८, काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ८५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज शनिबार १३ हजार १७६ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो । हालसम्म देशभर ३६ हजार ८६६ सक्रिय सङ्क्रमित छन् ।
आज दुई हजार २२२ जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा सात लाख १० हजार ४५२ जना सङ्क्रमण मुक्त भई घर फर्किएका छन् । आजै सङ्क्रमणबाट २७ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट १० हजार ६९० जना निधन भइसकेका छन् । सघन उपचारकक्ष (आइसीयू)मा ६१५, भेन्टिलेटरमा १७४, होम आइसोलेशनमा ३३ हजार ८३५, संस्थागत आइसोलेशनमा तीन हजार ३१ र क्वारिन्टिनमा ३४६ जना रहेका छन् ।
नेपालमा अहिलेसम्म ५० लाख ६३ हजार ५२२ जनाले पहिलो मात्रा र ४० लाख ५२ हजार ७६५ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ६ : ४५ बजे