४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा ४७८ सहित नेपालमा थप १३८८ जनामा कोरोना पुष्टि, २४ को मृत्यु



१३ भदौं ०७८, काठमाडौं ।  काठमाडौं उपत्यकामा ४७८ सहित नेपालमा थप १३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार २९७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ३८८ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार सात हजार २५९ जनाको पिअिसार परीक्षण गर्दा एक हजार २१४ र तीन हजार ३८ जनाको एन्टीजेन परीक्षण गर्दा १७४ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर दुई हजार २६० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको छ।
देशभर ३५ हजार ७९६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३२ हजार ७४४ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा तीन हजार ५२ संक्रमित छन् भने ६२५ जना आइसियुमा र १६७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर ३४३जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकामा थप ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३१२, भक्तपुरमा ५२ र ललितपुरमा ११४ जनामा संक्रमण पुष्टि भएको हो।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ६ : १६ बजे