१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, आजै मन्त्रालयको भागबन्डा




१५ भदौ ०७८,काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारका लागि अन्तिम कसरत थालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको करिब दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा तीव्र आलोचना भइरहेका बेला गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।
माओवादी केन्द्रका नेता गणेश साहका अनुसार मंगलबार बिहान ९ बजे शीर्ष नेताको बैठक बस्दैछ । मन्त्रालय बाँडफाँटको टुंगो पनि आजै लाग्ने उनले बताए ।
’माधव नेपाल र जसपाको कानुनी र प्राविधिक प्रक्रिया सकिएको छ । आज बाँडफाँडसहित आन्तरिक रुपमा मन्त्री टुंगिएर मन्त्रिपरिषद विस्तार हुन्छ,’ उनले भने ।
एमाले विभाजन पश्चात नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका छन् । ’माधवजीलाई अफ्ठेरो अवस्था छ । यसमा साथ सहयोगमा अरु पार्टीले लचकता देखाउनुपर्छ । माओवादी केन्द्रले लचकता देखाएर सहयोग गर्छ,’ उनले भने, ’यो हाम्रो नैतिक जिम्मेवारी हो । सहकार्यको वातावरण बनाउँदैछौं । उहाँलाई अफ्ठेरो परेको सहयोग गर्छौं ।’
सोमबार माओवादी केन्द्रको बैठक बसेको थियो । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको तयारीबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ७ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।