११ पुस २०८२, शुक्रबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा ७९३ सहित नेपालमा थप २००४ जनामा कोरोना



१७ भदौं ०७८, काठमाडौं ।  काठमाडौं उपत्यकामा ७९३ सहित नेपालमा थप २००४ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा थप ७९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा गरी थप ७९३ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ५४१, ललितपुर १५२ र भक्तपुर जिल्लामा थप १०० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

२४ घण्टामा देशका १ हजार ८४६ जना डिस्चार्ज भएका छन् । यस्तै, कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । हालसम्म देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ५ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।