४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गगन थापा खुले पौडेल समूहमा




१७ भदौ ०७८,काठमाडौं । आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका युवा नेता गगन थापा रामचन्द्र पौडेल समूहमा खुलेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा थापा मञ्चमा देखिएका थिए ।
१३औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका थापा सो समूह छाडेर पौडेल समूहमा प्रवेश गरेका हुन् ।
गत महाधिवेशनमा उनी डा.शशांक कोइराला र अर्जुननरसिंह केसीसँगै महामन्त्रीमा उठेका थिए । केसी शेरबहादुर देउवा पक्षबाट महामन्त्रीमा उठेका थिए । केसी पनि अहिले पौडेल समूहमै रहेका छन् । आफूलाई महामन्त्रीमा उम्मेदवार बनाए पनि देउवाले कोइरालासँग साँठगाँठ गरेर आफूलाई महामन्त्रीमा हराएको भन्दै केसीले देउवाको साथ छाडेका हुन् । अब पौडेल समूहमा केसी, थापा र कोइराला सँगै भएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ६ : २३ बजे