७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरकी कलाकार निशाको दुर्घटनाबारे छानविनको माग



ललितपुर खबर
१८ भदौं ०७८, काठमाडौं । दक्षिण ललितपुरमा जन्मेर नेपाली सिने जगतमा संर्घष गरिरहेकी निशा घिमिरेको देशरादुनमा भएको दुर्घटनाको सम्बन्धमा छानजिन गरि सत्यतथ्य बाहिर ल्याउन सरोकारवालाहरुले माग गरेका छन् ।
विहीबार पशुपति नाथ मन्दिरपरिसरमा बोल्दै कलाकार र सामाजिक अभियन्ता र परिवारजनले राज्यले स्वतन्त्र व्यक्तिहरु राखेर छानविन समिती बनाउन र सत्थतथ्य बाहिर ल्याउन र दोषिलाई कारवाही गर्न माग गरेका हुन् ।
कलाकार मोहन निरौलाले निशालाई भारत देहरादुनमा कसले र किन लग्यो भन्ने विषयशंकाकै घेरामा रहेको बताए । उनले भने,यो ठाँउ कुनै फिल्मको अध्ययनको नाम चलेको ठाँउ पनि होइन ।


दाहसंस्कारमा सहभागी धेरैजसो कलाकारहरुले निशालाई निको भएपछि सबै तथ्य बाहिरआउने भनेर आफूहरु यसअघि नबोलेको बताएका थिए । उनीहरुले एकै स्वरमा अव निशा नरहेको अवस्थामा यी कुरा बाहिर लयाउन जरुरी रहेको बताए ।
सामाजिक अभियन्ता पुण्य गौत्तमले निशाको दुर्घटनाकाबारेमा अनुसन्धान हुन जरुरी रहेको बताए । उनले सरकारलेअरु कलाकारहरु पनि सुरक्षित राख्न यो तथ्य बाहिर ल्याउन माग गरेका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ११ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।