४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमसीसी अगाडि बढाउने सरकारको तयारी, ११ प्रश्नसहित पत्राचार



१९ भदौ ०७८,काठमाडौं ।  शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ लाई अगाडि बढाउने प्रक्रिया अगाडी बढाएको छ ।
लामो समयदेखि संसदमा अनुमोदन हुनबाट रोकिएको एमसीसी अघि बढाउन सरकारले अस्पष्ट केही विषयबारे एमसीसी मुख्यालयमा पत्राचार गरेको छ । एमसिसीकी उपाध्यक्ष फतिमा सुमर सरकारलाई यसको अनुमोदनका लागि आग्रह गर्दै अर्को साता नेपाल आउन लागेको सन्दर्भमा सरकारले पत्राचार गरेको हो ।

शुक्रबार नेपालस्थित अमेरिकी राजदूतावासमार्फत एमसीसी मुख्यालयलाई सरकारले पत्राचार गरेको हो । सम्झौताबारे राजनीतिक र जनस्तरमा उठेका प्रश्नबारे स्पष्ट गर्न सरकारले एमसीसी मुख्यालयलाई पत्राचार गरेको हो । एमसीसी अमेरिकाको इन्डो प्यासिफिकको रणनीतिको अंश नभएको र अनुदान आइपिएसँग सम्बन्धित नरहेको र नहुने सुनिश्चित भए एमसीसी अनुमोदन प्रक्रिया अघि बढाउने सरकारको तयारी छ ।

एमसीसी नेपालको संविधान, नेपालको सार्वभौमिकता, स्वतन्त्रता, स्वाधिनता र राष्ट्रको हितविपरित छैन भन्ने सुनिश्चिता सरकारले खोजेको छ ।

 

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ११ : ०६ बजे