६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेमा घट्दै कोरोना




२३ भदौं ०७८, काभ्रे । जिल्लामा पछिल्लो हप्ता दैनिक कोरोना सङ्क्रमण दर घटिरहेको जिल्लास्थित कारोना सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसीएमसी)को तथ्याङ्कले देखाएको छ ।
काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये चार गाउँपालिकामा एक÷एक सक्रिय सङ्क्रमित रहेका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढिरहेको देखिएको छ । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा भने २४ सङ्क्रमित देखिएको छन् भने ३० कोरानामुक्त भएका छन् ।
हाल चौंरीदेउराली, तेमाल, खानीखोला र महाभारत गाउँपालिकामा एक एकजना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै, जिल्लामा हाल २७५ सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा १०३, धुलिखेलमा ५९, पाँचखालमा ३०, पनौतीमा ३६, नमोबुद्धमा २२, मण्डनदेउपुरमा चार तथा रोशी गाउँपालिकामा दुई, भुम्लु ३, बेथान चोकमा १२ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो । सोमबार १७ सङ्क्रमित हुँदा ३३ निको भएका छन् भने आइतबार २८ मा सङ्क्रमण देखियो भने ३५ सङ्क्रमणमुक्त भएको केन्द्रले जनाएको छ ।
जिल्लामा शनिबार छ सङ्क्रमित थपिँदा २९ निको भएका थिए । यसअघि केही दिनको केन्द्रको तथ्याङ्कले सङ्क्रमण दर भन्दा सङ्क्रमणमुक्त दर अधिक रहेको देखाएको हो । काभ्रेपलाञ्चोकमा हालसम्म १४ हजार ३५९ मा सङ्क्रमण देखिएकोमा १९१ को मृत्यु भएको छ ।
हालसम्मका कूल सङ्क्रमितमध्ये ९७ प्रतिशत अर्थात् १३ हजार ८९३ सङ्क्रमणमक्त भइसकेका छन् । भदौ महिनामा नगन्य मात्रामा सङ्क्रमितको मृत्युका घटना भएका छन् । जिल्ला प्रशासन कार्यालयले जिल्लामा शुक्रबारसम्म ‘मिक्स लकडाउन’ गरेको छ । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि गत जेठमा विभिन्न मितिमा आठ स्थानीय तहले आफ्नो क्षेत्र ‘सिल’समेत गर्नुपरेको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।