११ पुस २०८२, शुक्रबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले संसदीय दलको बैठकः एमसीसी मुलुकको हितमा नरहेको निष्कर्ष



२३ भदौ ०७८,काठमाडौं ।  नेकपा एमालेले एमसीसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ। बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । सांसदहरुले जबसम्म एमसीसीमा संशोधन हुँदैन, तबसम्म एमसीसी अगाडि बढाउनु नहुने धारणा राखेका थिए।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमसीसी मुलुकको हितमा नरहेको बैठकले निष्कर्ष निकालेको जानकारी दिए।

बैठकमा सांसदहरूले सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर चर्को आलोचना गरेका थिए। बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले एमालेले कारबाही गरेका १४ जनालाई संसद् बैठकमा सहभागी गराइए आफूहरु नबस्ने बताए। उनले गैर सांसदको उपस्थित भए सदन प्रारम्भै हुन नदिने स्पष्ट पारे। ओलीलेले छापामार शैलीमा मध्यरातमा अधिवेशन अन्त्य गरेर राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याउन सहयोग गरेर पार्टी फुटाएको आरोप लगाए।

प्रधानमन्त्री केपी ओलीले एमसीसीका विषयमा सबैले अध्ययन गरेपछि पार्टीले धारणा बनाउने बताए।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।