३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गुठी विधेयक फिर्ता तर आन्दोलन जारी


४ असार २०७६, बुधबार  

0
Shares

फाइल तस्विर

लपु संवाददाता
४ असार ०७६, ललितपुर । सरकारले संसदमा पेश गरेको गुठी विधेयक फिर्ता लिए पनि आन्दोलन भने नरोकिने भएको छ । सरकारको गुठी विधेयक फिर्ताको निर्णय नमान्ने भन्दै राजधानीका नेवार समुदायले विधेयक खारेज र्नै हुनुपर्ने माग अघि सार्दै आज(असार ४ गते)माइतीघर मण्डलामा प्रर्दशन गर्ने भएका हुन् ।
उनीहरुले सरकारले गलत व्याख्या गरेर झुक्याउन खोजेको भन्दै आज माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम नरोक्ने भएका छन् । राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले आज हुने विरोध आन्दोलन यथावत नै रहने जानकारी दिए ।
गुठी विधेयकको विरोधमा प्रर्दशनको कार्यक्रम १ हप्ता अद्दि नै घोषणा गरिएको थियो ।
नेवारी समुदायका सरोकारवालाहरुले गुठी विधेयक फिर्ता लिएर मात्रै नहुने खारेज नै गर्नु पर्ने माग तेर्साएका छन् । आन्दोलित संघसंस्थाहरुले सरकारले विज्ञप्ति जारी गरेर दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । नेवाः राष्ट्रिय मोर्चाले बुधबार सरकारले शब्द जालमा फसाउन खोजेको भन्दै बुङ्गमती,ठेचो र हरिसिद्दिमा साँझ पुर्वनिर्धारित कार्यक्रम अनुसार नै मसाल जुलुस निकालेको छ ।
गुठी विधेयकविरुद्ध आन्दोलन नेवारी समुदायले प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा गुठी विधेयक फिर्ता लिएको संचारमाध्यमबाट थाहा पाएको विषयलाई पनि असन्तिुटी जनाएका छन् ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ९ : १८ बजे