७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


’काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा’



फाइल तस्बिर

२७ भदौ ७८, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् । काष्ठमण्डप परिसरमै ‘न्यकू बाजा र गुंला’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले काष्ठमण्डपको काम ९५ प्रतिशत सम्पन्न भएको जानकारी दिए ।
अहिले अन्तिम कार्य अर्थात छानो छाउने काम भैरहेको शाक्यको भनाइ छ । उनले भने, ‘काष्ठमण्डप राम्रो बनाउनुपर्छ, चाँडो बनाउनुपर्छ र यसको ऐतिहासिक र साँस्कृतिक पक्षमा कुनै आँच नआउने गरी पुनर्निर्माण भइरहेको छ ।’
काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष एवं बागमती प्रदेश सांसद राजेश शाक्यले महानगरबाट ११ करोड ५० लाख सहयोग प्राप्त भएको जानकारी दिए । काष्ठमण्डपको छानो छाउने काम भैरहेको भन्दै अब छिटै काम सम्पन्न हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ७ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।