५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसदमा सभामुख सापकोटाको सुरक्षामा तीन मर्यादापालक




२७ भदौ ०७८, काठमाडौं । प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूको नाराबाजी हुन थालेपछि सभामुख अग्निप्रसाद सापकोटालाई तीनजना मर्यादापालकले सुरक्षा दिन थालेका छन् ।
गत शुक्रबारको बैठकमा सभामुख सापकोटालाई एमाले सांसद रेखा झाले माइकले हान्ने सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । यसपछि आइतबार बसेको बैठकमा सभामुख सापकोटा पछाडि उभिएर तीनजना मर्यादापालकले सुरक्षा दिइरहेका छन् ।
यसअघि बैठक चलिरहँदा सभामुख सापकोटा पछाडि एकजना मर्यादापालक उभिएर सुरक्षा दिने गरिएको थियो ।
एमाले सांसदको चर्को नाराबाजी र सांघातिक आक्रमण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सभामुख सापकोटाको सुरक्षामा तीनजना मर्यादापालक खटाइएको हो ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ७ : ५४ बजे