२९ भदौ ०७८,काठमाडौं । संक्रमित दर पुनः बृद्धि हुन थालेको छ । पछिल्लो २४ घण्टामा यो साताकै धेरै एक हजार पाँच सय ६२ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १० हजार २६६ पिसिआर र ४ हजार १७७ एन्टीजेन परिक्षणमा उक्त संख्यामा नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
आज १५ सय ५९ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् भने १९ जनाको निधन भएको मन्त्रालयले उल्लेख गरेको छ । मंगलबार भन्दा केही थोरै सोमबार १४ सय ८६ जनामा नयाँ संक्रमण देखिएको थियो । यस्तै आइतबार ९११ र शनिवार ९९४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
यस्तै, काठमाडौं उपत्यकामा थप ४०४ कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंका २९४ , ललितपुरका ६२ र भक्तपुरमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया