७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आफैले बनाएको पोखरीमा डुङ्गामा सयर गर्दैै नगर प्रमुख श्रेष्ठ (तस्विर)



२९ भदौ ०७८,भक्तपुर । आन्तरिक पर्यटनलाई आकर्षित गर्ने उद्देश्यले मध्यपुरथिमि नगरपालिका ८ बोडेस्थित ऐतिहासिक पलिस्वाँ पुखुः अर्थात कमल पोखरीमा नगरपालिकाले सञ्चालनमा ल्याएइएको छ ।
मध्यपुर थिमीका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ तस्विरमा डुङ्गामा सयर गर्दैै । पोखरीमा ढुंगा सयर गर्दा लाइफ ज्याकेट लगाउने व्यवस्था छ ।
१५ रोपनी ९ आनामा फैलिएको यस पोखरीमा २ वटा ढुंगा संचालन गरिएको छन् । आजकल यहाँ टिक टक र म्युजिक भिडियो बनाउनेहरु निरन्तर भेटिन्छन् ।
केही वर्ष अघिसम्म यो ठाँउ डम्पिङ साइटको रुपमा रहेको थियो । यस पोखरी अतिक्रमण भइरहेको अवस्थामा नगरपालिकाले जिल्ला अदालतबाट २०७५ सालमा मुद्दा जितेर संरक्षण गर्ने क्रममा पो पोखरी बनाइएको हो ।
यो तस्विर भक्तपुरका पत्रकार रमेश गिरी खिचेका हुन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १० : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।