७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सुर्यविनायकमा रक्सी खाएर प्रहरीको ब्रेथलाइजर फुटाउने कार चालक पक्राउ



३० भदौं ०७८, भक्तपुर । भक्तपुरको सुर्यविनायकस्थित सल्लाघारीमा रक्सी खाएर कार चलाएर यात्रा गरिरहेका एक कार चालक प्रहरीको ब्रेथलाइजर फुटाइदिएका छन् ।
प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका ५ सल्लाघारीस्थित ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौं पेप्शीकोला बस्ने ४२ वर्षीय सोमनाथ अधिकारीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
जगातीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा.९ च २७६३ नम्बरको कारलाई महानगरीय प्रहरी प्रभाग कटुन्जे र ट्राफिक प्रहरी समेतको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा मादक पदार्थ सेवन जाँच गर्न खोज्दा विवाद गरी १ थान ब्रेथलाईजर फुटाउनुको साथै प्रहरीलाई अभद्र
व्यवहार गरेपछी कार चालक सोमनाथलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ८ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।