३० भदौ ०७८,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो निर्वाचनपछि आफ्नो पार्टी पहिलो बन्ने बताएका छन् ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार आयोजित माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीको ७ औं स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले आउँदो निर्वाचनमा माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे।
उनले अहिलेको गठबन्धन (कांग्रेस–माओवादीएकीकृत समाजवादी र जसपाबीचको गठबन्धन) निर्वाचनसम्म जान सक्ने संकेत पनि गरे।
देशमा प्रतिक्रान्ति, प्रतिगमन नहोस् भनेर संविधान गणतन्त्र र लोकतन्त्रका पक्षपातीहरुको गठबन्धनलाई अगाडि लिएर जाने कुरालाई पहिलो प्राथमिकतामा राख्ने प्रचण्डले बताए।
प्रतिक्रिया