६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


तारकेश्वरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु



३१ भदौ ०७८,काठमाडौं । काठमाडौं तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ। गएराति तारकेश्वर नगरपालिका ७ फुटुङमा बा ३५ प ५२५० नम्बरको मोटरसाइकल दुर्घटना हूँदा सोही ठाउँका ३० वर्षीय सुरेश लामाको मृत्यु भएको हो।

तीव्र गतिमा रहेको मोटरसाइक बिजुलीको पोलमा ठोक्किँदा गम्भीर घाइते लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनी तारकेश्वर ८ गैरीगाउँ निवासी हुन्। दुर्घटनामा गम्भीर घाइते लामालाई उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा राति नै उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  १२ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।