१ असोज ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा ३९७ सहित नेपालमा थप १,५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १२ हजार ३८५ वटा नमुनाको परीक्षण गर्दा १ हजार ५५८ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ४९७ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ । त्यस्तै, आज १ हजार ३५१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा ३९७ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा २७४, भक्तपुरमा ५३ र ललितपुरमा ७० जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ हजार ४४४ पुगेको छ ।
प्रतिक्रिया