५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


डा. खड्का परराष्ट्रमन्त्रीमा नियुक्त   



६ असोज ०७८, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काङ्ग्रेसका सांसद डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन् । राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम डा खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गरेका हुन् ।

राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्री खड्कालाई आजै अपराह्न पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १२ : २७ बजे