७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चन्द्रागिरिमा ट्रान्सफर्मर चोरी गर्ने एक पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

६ असोज ०७८, काडमाडौं । नेपाल प्रहरीले ट्रान्सफर्मर चोरी गर्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले ट्रान्सफर्मर चोरी गर्ने धादिङ गल्छी गाउँपालिका ८ का ४३ वर्षीय नारायण थापालाई शनिबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले चन्द्रागिरि नगरपालिका ११ स्थित सामसुङ टिभी कारखानाको कम्पाउण्डमा राखिएको बिजुलीको ट्रान्सफर्मर चोरी गर्दागर्दै पक्राउ गरिएको जानकारी दिएका छन् ।
प्रहरीले थापाका साथबाट फलाम काट्ने कटर एक थान, पेन्चिस एक थान, स्क्रु ड्राइभर एक थान, विभिन्न साइजको रेञ्ची ११ थान, कपडाको सल दुई थान, प्लाष्टिकको बोरा तीन थान, ट्रान्सफर्मर एक थान र ट्रान्सफर्मर तान्न प्रयोग भएको रबरको कालो रङ्गको फिता डोरी एक थान बरामद गरेको छ ।
पक्राउ परेका थापामाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ९ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।