५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एकीकृत समाजवादीको महासचिवमा भुसाल, सचिवमा झाँक्री



७ असोज ०७८, काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले पदाधिकारीको टुङ्गो लगाएको छ । बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्नेगरी पदाधिकारीको नाम टुंगो लगाइएको हो ।

चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको छ। उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन भएका छन् । यस्तै, महासचिवमा बेदुराम भुसाल र उपमहासचिवमा गङ्गालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल चयन भएका छन् ।

सचिवहरुमा केशवलाल श्रेष्ठ, जगनाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी र रामकुमारी झाँक्री चयन भएका छन् । सचिवालयले टुङ्गो लगाएका यी पदाधिकारीहरुलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिने छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  १ : ४१ बजे